सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा

कैलाली | मंसिर २१, २०८१

सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा

कैलाली:     ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । 


आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा  प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरू सम्पन्न भइसकेका छन् । 


यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष कुँवरको भनाइ छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ । 


महोत्सव आयोजना गर्न रु तीन करोड लागत लाग्ने र  रु १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै , यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । 


महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् । 


समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत १८ औँ संस्करणको रूपमा यो महोत्सव आयोजना गर्न लागिएकोे सङ्घका महासचिव ओम विष्टले बताउनुभयो । सधैँका संस्करणमा झै यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको उहाँको भनाइ छ । 


महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, र अन्यलाई रु एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ । 


महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रूपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् ।


महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्